नेभिगेशन
समाचार

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ, बन्धक मुक्त

एजेन्सी । अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ। राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार