नेभिगेशन
समाचार

पाकिस्तानका गृहमन्त्री सनौल्लाद्वारा खानले देशद्रोह गरेको आरोप

एजेन्सी । पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन । जिओ न्यूजसँग कुरा गर्दै उनले भने, “इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गत हप्ता एक राजनीतिक ¥यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ ।’ लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, “हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्तस्थानमा मोअज्जम शहीद भएका थिए ।” सनौलाले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेका छन । “इमरान खानको एउटै मात्र माग छ ः उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,” गृहमन्त्रीले भने । खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि सनौल्लाले दावी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार