नेभिगेशन
समाचार

फोहोर नउठेपछि स्थानीयबासीले लगाए जितपुर उपमहानगको कार्यालयमा ताला

बारा– जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ । ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् । उनीहरूले आज सामान्य रूपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदर्शन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाइ गर्न माग गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार