नेभिगेशन
समाचार

रुपन्देही–२ को विकासका लागि बिष्णु पौडलले ल्याए घोषणापत्र

बुटवल । रुपन्देही–२ मा नेकपा एमाले, राप्रपा र जनता समाजवादी पाटीृको गठबन्धनबाट उम्मेदवार बनेका बिष्णु पौडेलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आइतबार बुटवलमा प्रतिवद्धता सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले भविष्यमा रुपन्देही २ मात्र नभई जिल्लालाई नै विकासको रोलमोडेल बनाउने घोषणा गरे । प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ । यस्तै सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना कार्यान्वयन, तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार