नेभिगेशन
समाचार

सुदीप र धिरज प्रचण्डको कमाण्डर

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी कमाण्डर वाइसिएल नेपालका केन्द्रीय सचिव सुदीप नगरकोटी र सहकमाण्डर धिरज उपरकोटी बनेका छन् ।

गठबन्धनले गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार प्रचण्डको चुनावी कमाण्डर नगरकोटी र उपरकोटीलाई बनाएको हो । अब निर्वाचन परिचालनको सबै जिम्मेवारी उनहिरुले लिने छन् ।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने भएपछि त्यहाँको पार्टी कमिटी मात्रै होइन स्थानीय जनता पनि उत्साही बनेका छन् । अर्कातर्फ आफूले केही समय शिक्षण गरेको तथा जनयुद्धको थालनी भएको जिल्लामा उम्मेदवार बन्न पाउँदा प्रचण्ड पनि उत्साही देखिएका छन् ।

अर्कार्तफ आफ्नो निर्वाचन क्षेत्र प्रचण्ड जस्तो युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने नेतालाई छाड्न पाउँदा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि निकै उत्साही देखिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार