नेभिगेशन
समाचार

चुनावको अनुगमन गर्न ४ देशको निर्वाचन आयुक्त नेपाल आउने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अनुगमन गर्न ४ देशको निर्वाचन आयुक्त आउने भएको छ । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउनेछन् ।

उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउन निर्वाचन आयोगले तयारी गरेकोछ ।

अनुसार जापानको राज्यमन्त्री स्तरीय टोली पनि आउने सम्भावना छ । मतदानको दिन निर्वाचन अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त अनुभवी व्यक्ति र संस्थालाई आयोगले आमन्त्रण गरेको थियो । आमन्त्रितको हवाईबाहेक अन्य खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुन्छ ।

आमन्त्रण गरिएका व्यक्तिलाई आयोगले निर्वाचन अवलोकनकर्ताको परिचयपत्र उपलब्ध गराउनेछ । अवलोकनकर्ताका साथमा परराष्ट्रका सम्पर्क अधिकृत खटिनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार