नेभिगेशन
समाचार

काठमाडौँ-१६ का अध्यक्ष रिजाललाई ५ हजार तिराउने आयोगको निर्णय

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिमाना गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । अध्यक्ष रिजालले काठमाडौँ ६ मा आफै उपस्थित भएर चुनाव प्रचार प्रसारमा सहभागीता जनाएको पुष्टि भएको भन्दै आयोगले जरिमाना गर्ने निर्णय गरेको हो ।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिमाना गर्ने निर्णय जनाएको छ ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको दाबी आयोगको छ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुने गरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिमाना गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार