नेभिगेशन
समाचार

शेरबहादुर देउवाले गृहजिल्लामा २ वटा कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौँ फर्कने

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुरामा २ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ।

डडेलधुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार