नेभिगेशन
समाचार

धनुषामा निर्वाचन प्रचारप्रसारमा आचारसंहिता उल्लंघन, भारतीय नम्बर प्लेटका सवारी नियन्त्रणमा

जनकपुरधाम–आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै स्थानीय प्रशासनले जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरूले प्रयोग गरेको विदेशी ९भारतीय० नम्बर प्लेटका १० वटा र डिजे लगाएर चर्को स्वरमा चुनावी गीत बजाउने दुई वटा नेपाली नम्बर प्लेट गरी १२ सवारी साधन नियन्त्रणमा लिएको हो । आचारसंहिताविपरीत सवारी साधनमा ठूला–ठूला ब्यानर झुण्ड्याएको, अत्यधिक ध्वनी प्रदूषण हुने गरी डिजेमा प्रचारप्रसार गरेको लगायतका गतिविधिहरू गरेकाले नगरभित्रका विभिन्न चोकहरूबाट नेपाली तथा भारतीय नम्बर प्लेटका सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले विदेशी नम्बर प्लेटको गाडीहरू व्यापक रूपमा प्रयोग भइरहेको गुनासो आउन थालेपछि गत तीन दिनअघि त्यसमा रोक लगाउने निर्णय गरेको बताए । सोही अनुरूप शनिबार अनुगमन गर्दा ती गाडीहरू नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उनले भने, ुसम्बन्धित उम्मेदवारलाई पहिलोपटकका लागि हामी सचेत गराउने छौं तर नियन्त्रणमा लिइएका गाडी हाल हामी छाड्ने छैनौँ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार