नेभिगेशन
समाचार

बहुमत एमाले एक्लैले ल्याउँछः विष्णु पौडेल

काठमाडौँ–नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकिर समेत गरे । शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यमबाट मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउने आश्वासन समेत दिए । उपाध्यक्ष पौडेलले भने– ‘नेकपा (एमाले) एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ । एक्लैले सरकार बनाउने हैसियत राख्छ । तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौं । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ । र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ । सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिराखेका छौँ । यो कुरा पनि यहाँहरूलाई बताउन चाहन्छु ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार