नेभिगेशन
समाचार

ओलीप्रति प्रधानमन्त्री देउवाको टिप्पणी– ‘दार्चुलामा गएर भाषण गरेर लिम्पियाधुरा आउँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ रु कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’ उनले षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार