नेभिगेशन
समाचार

लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाई बहुमत ल्याउँछः बर्षमान पुन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन् । रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे। पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तीमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरूले यो देखाएको छ । हामी दुई तिहाइ संघमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’ गठबन्धनले घोषणापत्रमार्फत शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तिनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता उनले जनाए। विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए। अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए। गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार