नेभिगेशन
समाचार

अदुअआका आयुक्त जयबहादुर चन्द विवादमा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द विवादमा तानिएका छन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयुक्त चन्द निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा संलग्न रहेको आरोप लगाएको हो। संघका महासचिव क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा आफ्नो उदेश्य पुरा गर्न चन्दले निर्माण व्यवसायी, कर्मचारी तथा अरू व्यवसायीलाई धम्क्याएको दावी गरेका छन् । युवा संघले चन्द महेन्द्रनगरस्थित एउटा होटलमा अड्डा जमाएर बसेको भन्दै त्यहीबाट धम्कीजन्य काम गरेको आरोप लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जस्तो गरिमामय पदमा बसेर पदीय आचारसंहिताको उल्लंघन गर्ने छुट जो कोहीलाई छैन । हामी चेतावनी दिन चाहन्छौं कि चन्दबाट भइरहेको काम तत्काल बन्द होस् । निर्वाचन आचारसंहिता विपरीत हुने कुनैपनि कार्य हामीलाई सैहय हुनै सक्दैन र यस विषयमा हामी निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौं । अन्यथा परी आउने परिस्थितिको मूल्य स्वयम् निर्वाचन बिथोल्न खोज्ने व्यक्तिले चुकाउनुपर्नेछ’, चेतावनी दिँदै युवा संघले भनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार