नेभिगेशन
समाचार

गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द रहेको गोरखाको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आज गोरखामा मतदातासँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएको हो ।

प्रचण्डले आफूले गोरखाबाट उम्मेदवारी दिनुको कारण देशमा आर्थिक क्रान्ति सुरु गर्ने लक्ष्य भएको भन्दै त्यसको सुरुवात गोरखाबाट गर्ने बताए । टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योग गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द रहेको छ। सो उद्योग बन्द भएपछि कार्यरत दुईसय ४७ जना कर्मचारी तथा मजदुरले पनि तलब पाएका छैनन्। रबर उद्योगको २४ घण्टामा ६२४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ। बिगतमा एकबर्षमा ५६ दिनमात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यबस्थापन गरेर नाफा कमाउने गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार