नेभिगेशन
समाचार

मन्थली १० का एमाले अध्यक्ष भालु मगर सहित १३७ जना कांग्रेस प्रवेश

रामेछाप । नेकपा एमाले मन्थली नगरपालिका वडा नम्बर १० चनखुको वडा कमिटि अध्यक्ष भालु मगर सहित १३७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सत्ता गठबन्धनहरुको बिहीबार चनखुमा गरेको चुनावीसभामा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसको तर्फबाट गठबन्धन साझा उम्मेदवार कान्छाराम तामाङले स्वागत गरे । मगर यहि बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्यमा कांग्रेससँग पराजित भएका थिए।

बिहीबार गठबन्धनको चिसापानी, पुरानागाँउ र चनखुमा चुनावीसभा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार