नेभिगेशन
समाचार

विप्लव नेतृत्वको नेकपाका नेता वली रिहा

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नवलपुरको इन्र्चाज शरद वलीलाई प्रहरीले रिहा गरेको छ। वलीलाई बिहीबार प्रहरीले नवलपुरको बसन्तपुरबाट पक्राउ गरेको थियो।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार घोषणा गरेको नेकपा लगायतका ७ राजनीतिक दलका नेता कार्यकर्तालाई प्रहरीले निगरानी बढाएको छ । यही क्रममा उनलाई सोधपुछ गर्नको लागि प्रहरीले पक्राउ गरेको हो । यो निर्वाचन शान्ति पूर्ण र धादली रहित रुपमा सम्पन्न गर्न सरकार लगेको छ ।

उनलाई आज बिहान प्रहरीले रिहा गरेको छ। सरद नवलपरासी इन्चार्जसमेत हुन्। उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पार्टीको काममा जाँदै थिए।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंसिर ४ को चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार