नेभिगेशन
समाचार

गणेश मन्दिरमा पुजा गरेर गगनले सुरु गरे घरदैलो, यस्तो छ प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको चाबहिलस्थित गणेशथानको मन्दिरमा पुजाआजा गरेर चुनावी प्रचारप्रसार सुरु गरेका छन् । ९ बुँदे प्रतिवद्धतापत्रसहित थापाले घर दैलो कार्यक्रम सुरु गरेका हो।

राजनीतिक दलहरूले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।

थापाले आज बिहान गणेश मन्दिरमा पुजाआजा गरेर घरदैलो कार्यक्रम सुरु गरेका छन्। उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् । थापाले यो क्षेत्रबाट लगातार जित्दै आएका छन् ।

थापाको प्रतिस्पर्धा यो पटक पनि एमालले डा.राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । भट्टराई २०७४ को निर्वाचन थापासँग पराजित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार