नेभिगेशन
समाचार

पुरानो बानेश्वरबाट प्रकाशमानको घरदैलो

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले पुरानो बानेश्वरबाट घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन आयोगले हिजो बिहीबारबाट उम्मेदवारहरुलाई मंसिर एक गतेसम्म चुनावी कार्याक्रम गर्ने समय दिएसँगै उनले आजबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

घरदैलो अभियान सुरु गर्दै सिंहले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम–लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताए।

अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने दाबी सिंहको दाबी छ ।

काठमाडौं १ बाट लगातार ३ वटा चुनाव जितेका प्रकाशमानलाई यो पटक अन्य निर्वाचनभन्दा अलि बढी मिहिनेत गर्नु पर्ने देखिएको छ ।

यसपटक उनीसँग नेकपा एमालेका किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेल लगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार