नेभिगेशन
समाचार

बाराको विकासमा कायापलट हुने गरी काम गनर्छु : श्रेष्ठ

काठमाडौँ - पूर्वश्रम मन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले बारा–४ का मतदाताले आफूलाई उक पटक अवसर दिए बारा जिल्लोको विकास निर्माणमा कायापलट हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बाराको विश्रामपुर गाउँपालिका १, छतवामा भएको रात्रीकालिन कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले मतदाताहरुमाझ यस्तो बताएको हो ।

उनले बारा ४ को विकासको लागि अफूलाई एकपटक अवसर दिन जनतामाझ अनुरोध गरेको छ । उनले बाराको जनताको विश्वाश र भरोसालाई सधैं सिरमा राखेर हिड्ने भन्दै आफूले जितेको अवस्थामा बाराको कायापल हुने गरी विकास गर्ने बताए ।

‘बारा जिल्लाका मतदाताको विश्वास र भरोसालाई सधैं शिरमा राखेर म सधैं यहाँका जनताको सेवामा लाग्ने प्रतिवद्धता जनाउँछु’ उम्मेदवार श्रेष्ठले भने ‘हामी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भइसके पछि बारा क्षेत्र नं ४ लाई विकास निर्माणमा नेपालकै नमुना क्षेत्र बनाउँछौ, यहाँका बेरोजगार युवाहरूलाई रोजगारीको व्यवस्थापन गर्नेदेखि लिएर जनताका हरेक समस्या समाधान गर्नेछौ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार