नेभिगेशन
समाचार

आज दार्चुलाबाट एमालेले देशव्यापी चुनावी आमसभा सुरु गर्दै

काठमाडौँ । आज नेकपा(एमाले)ले दार्चुलाको खलंगाबाट देशव्यापी चुनावी आमसभा सुरु गर्ने भएको छ । सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजै धनगढी पुगिसकेका छन् ।

आफू प्रधानमन्त्री हुँदा जारी गरिएको चुच्चे नक्सालाई एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुख्य एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो। तत्काली नेकपाको केन्द्रीय समितिको बहुमत र संसदबाट समेत बहुमतले पारित भएर उक्त नक्सा छापिएको थियो । तर, छापिएको नक्सा सरकारी प्रयोग र पाठ्यपुस्तकबाट हटाउन ओली आफैले निर्देशन दिएर रोकेको उनलाई आरोप लगाउने गरेका छन् ।

आफ्नो इच्छा र चाहान विपरित पार्टीको केन्द्रीय समिति र संसदले समेत नक्सा छाप्न बाध्यकारी बनाएको थियो । प्रधानमन्त्रीको हैसियतमा आफैले नक्सा छाप्न र प्रयोगमा रोकेको ओलीले अहिले आफूले एक्ले नक्सा ल्याएको जसरी प्रचार गर्न खोजेका छन् ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार