नेभिगेशन
समाचार

चुनावपछि शेरबहादुर देउवाज्यू नै प्रधानमन्त्री बन्नु हुन्छः महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ को चुनावपछि आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार–प्रसार समितिका संयोजकसमेत रहेका डा. महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गरे । ‘नेकपाकालीन सरकारमा नागरिकले धेरै दुस्ख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताए । अब एमालेको नेतृत्वमा सरकार बन्दैन । ओलीजी प्रधानमन्त्री बन्नुहुन्न । त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बन्छ, उनले भने, शेरबहादुरजी बन्ने कुरामा कुनै दुइमत छैन । तर यसलाई भट्याइरहनु आवश्यक छैन ।’ उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार