नेभिगेशन
समाचार

प्रचण्डले शुक्रबार गोरखाका यी ठाउँमा चुनावी सभामा सम्बोधन गर्नेछन

काठमाडौँ– नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गोरखाका विभिन्न चुनावी सभामा सम्बोधन गर्दैछन् । उनले शुक्रबार याङकोट, १० किलो, छेपेटार, आहाले र ठुलो आगनमा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । ‘शुक्रबार हुने चुनावी सभालाई सम्बोधन गर्न कार्यतालिका बनाएको छ । कार्यतालिका बमोजिम अध्यक्षले सम्बोधन गर्नुहुने छ’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘शुक्रबार चार ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किनुहुनेछ ।’ अरु भेटघाट घर दैलो समेत गर्ने बताएको छ । आफ्नो क्षेत्रबाट फर्किएपछि प्रचण्डले पार्टीका अन्य नेताको चुनावी क्षेत्रमा पुगेर सम्बोधन गर्ने योजना बनाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार