नेभिगेशन
समाचार

गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छः प्रधानमन्त्री देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका निम्ति गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा रहेको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन भएको र आफू प्रधानमन्त्री बनेको बताए । उनले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् । ‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ’, उनले भने, ‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।’  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार