नेभिगेशन
समाचार

विप्लव नेतृत्वको पार्टीसहित तीन कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

काठमाडौँ नेत्र बिक्रम चन्द विल्पव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीले चुनाव बहिस्कार गर्ने भएका छन् । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन ती दलले चुनाव बहिष्कार गर्ने भएका हुन्। बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । ​ उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार