प्रधानमन्त्री कपः पुलिस क्लवको दोस्रो जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ४२ रनको योगदान गरे । त्यस्तै शंकर रानाले २९ रन बनाउँदा राशिद खानले अविजित १६ रन जोडे । प्रदेश–१ का फिर्दोस अन्सारी र सिदान्त लोहनीले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १०२ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४३
प्रतिक्रिया दिनुहोस्