आईसीसी टी–ट्वान्टी विश्वकपः नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको सेमिफाइनलको सम्भावना

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै ९५ रन बनायो । पाकिस्तानका लागि मोहम्द रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै फकर जमानले २० रन बनाउँदा सान मक्सोदले १२ रन जोडे । नेदरल्यान्ड्सका लागि बर्नान्डो लोभरले दुई विकेट लिँदा पाउल भान मेकरनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिनले सर्वाधिक २७ रन बनाउँदा स्कोट एर्डोसले १५ रन बनाउँदा नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि साहाब खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहमद स्वामीले दुई विकेट लिए । पहिलो जितसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना जिवित रहेको छ ।    
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार