नेभिगेशन
समाचार

कांग्रेसको घोषणापत्र यथार्थपरक छः स्वर्णिम वाग्ले

काठमाडौँ– नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले कांग्रेसको घोषणा पत्र यथार्थपरक भएको बताएका छन्। शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै उनले वाग्लेले यथार्थपरक भएको बताएका हुन्। उनले घोषणापत्रमा मनगढन्ते र हावादारी कुरा नभएको बताए । ‘घोषणा पत्र यथार्थपरक छ। घोषणा पत्रमा मनगढन्ते, हावादारी कुराहरू उल्लेख गर्ने गरिएको छ भन्ने दलहरूलाई आरोप लाग्ने गरेको छ,’ उनले भने,‘हामीले यसपालि असाध्यै यथार्थपरक, वास्तविकताप्रति बलियो चेत भएको घोषणा पत्र यहाँहरू समक्ष लिएर आएका छौं।’ उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निस्शुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ। पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निस्शुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार