नेभिगेशन
समाचार

नेकपा एस कास्कीका सचिव एमालेमा प्रवेश

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेपाली एमालेमा प्रवेश गरेका एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले बताए । एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन् । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पार्टी प्रवेश गर्दै नेपालीले नेकपा एस नामको पार्टी नेपालमा नरहने दावी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार