नेभिगेशन
समाचार

कांग्रेसको घोषणापत्रः ६५ वर्षमा वृद्धभत्ता, सुत्केरी भत्ता ५ हजार पुर्याउने

काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ। शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । त्यस्तै, सुत्केरी भत्ता ५ हजार पुर्‍याउने पनि घोषणा गरेको छ । चुनावी घोषणापत्रमा बृहत् लक्ष्य नाम दिएर कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरु ल्याउने उल्लेख छ । जहाँ सुत्केरी भत्ता ५ हजार पुर्‍याउने घोषणा गरिएको छ । चालु आर्थिक बर्षबाटै सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिँदै आएको छ । घोषणापत्रमा ३/७३ को नारा दिँदै कोखदेखि शोकसम्मका विभिन्न कार्यक्रमहरू ल्याउने घोषणा गरिएको छ । तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भन्दै कांग्रेसले ३/७३ को नारा दिएको हो । ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने, बिमाको दायरा बढाएर १० लाख रुपैयाँ पुर्‍याउने पनि घोषणापत्रमा छ । ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार