नेभिगेशन
समाचार

सत्ता गठबन्धनका विद्यार्थीले तोक्यो चुनावी कमान्डर, एक हप्ताभित्र निर्वाचन क्षेत्र पुग्न निर्देशन

काठमाडौँ - सत्ता गठबन्धन दलका विद्यार्थी संगठनहरुले आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि चुनावी कमान्डर तोकेको छ । १६५ प्रनिधिसभा र ३३० प्रदेशसभाका लागि विद्यार्थी संगठनहरुको संयुक्त बैठकले कमान्डर तोकेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का महासचिव दिपेस पुनले जानकारी दिएको छ ।

उनले सत्ता गठबन्धन घटक विद्यार्थी संगठनहरुको संयुक्त बैठकको निर्णय सर्वाजनिक गर्दै विभिन्न निर्णय भएको जानकारी दिएका छन् । त्यस्तै बैठकले चुनावमा कमान्डर तोकिएको सबै नेता कार्यकर्ताहरुलाई १ हप्ताभित्र आफ्नो निर्वाचन क्षेत्रमा पुग्न समेत निर्देशन दिएको छ ।

https://www.facebook.com/photo.php?fbid=10218680414675391&set=a.3463132110910&type=3        
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार