नेभिगेशन
समाचार

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै काँग्रेस

काठमाडौँ – नेपाली काँग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान १० बजे घोषणा पत्र सार्वजनिक गरिने छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार  ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो। घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । काँग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार