नेभिगेशन
समाचार

नेपाली कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । पौडेलले भने, “भोलि बिहान १० बजे केन्द्रीय कार्यालयका सार्वजनिक हुनेछ”, कांग्रेस महामन्त्री एवम् घोषणापत्र तयारी समितिका संयोजक विश्व्प्रकाश शर्मा लगायतका पदाधिकारीहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक हुनेछ । यस अघि कात्तिक ७ गते बिहान १०ः३० बजे हुने भनिएको कांग्रेसको संकल्पपत्र सार्वजनिक कार्यक्रम स्थगित भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार