इरानमा अतिवादी हमलामा कम्तीमा १२ जनाको मृत्यु

बुधबार, मंसिर ७, २०७९

एजेन्सी । इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ।

बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

मारिनेमा एकजना महिला र अरु २ बालबालिका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ।

आक्रमणमा संलग्न ३ जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ। आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्