नेभिगेशन
समाचार

निर्वाचनः पहिला सहयात्री, अहिले प्रतिस्पर्धी

काठमाडौं । विक्रम सम्बत् २०७८ सालमा एमालेबाट छुट्टिएर बनेको नेकपा एकिकृत समाजवादीले यसपटक प्रतिनिधि सभाको निर्वाचनमा १९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सत्तारुढ गठबन्धनमा सामेल भएर चुनाब लड्ने तयारीमा रहेको एकिकृत साजवादीका अधिकांस उम्मेदवारले पुर्व पार्टी नेकपा एमालेका उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । जसमध्ये चासोको केन्द्रमा भने अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् । अध्यक्ष नेपाल रौतहट १ बाट चुनाव लड्दैछन् । नेपालसँग रौतहटको गौर नगरपालिकाका पूर्वप्रमुख एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । गुप्ता लोसपाबाट एमाले प्रवेश गरेका हुन् ।

२०४८ साल यताका सबै संसदीय निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लडेका पुर्वप्रधानमन्त्री झलनाथ खनाल यसपटक इलाम १ मा कलम चिन्हबाट चुनाब लड्दैछन । अघिल्लो पटक उनलाई भोट हालेका एमालेका जिल्ला अध्यक्ष एवं इलाम नगरपालिका पूर्वप्रमुख महेश बस्नेत उनि विरुद्ध उम्मेद्वार छन ।

विगतमा एमालेभित्र पनि एउटै समूहमा रहेर काम गरेका गोकर्ण विष्ट र रामकुमारी झाँक्री अहिले गुल्मी–२ मा एकअर्का विरुद्ध चुनावी प्रतिस्पर्धामा छन । धादिङका पुराना नेता राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठी पनी अघिल्लो निर्वाचनमा सहयात्री थिए ।

दाङको निर्वाचन क्षेत्रमा १ मा अघिल्लो निर्वाचनमा एकअर्काका सहायात्री रहेका शान्ता चौधरी र मेटमणि चौधरी अहिले एक अर्का विरुद्ध चुनाव लड्दैछन । कास्की २ मा पनि अघिल्लो निर्वाचनका सहकर्मी विद्या भट्टराई र श्रीनाथ बराल यसपटक एकअर्का विरुद्ध चुनाव लड्दैछन ।

अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे यसपटक आफ्नै पुर्व नेता सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन । अघिल्लो निर्वाचनमा एमालेबाट चुनाब जितेका घनश्याम भुसाल यसपटक स्वतन्त्रबाट आफ्नै पुर्व सहकर्मी छबिलाल विश्वकर्मासँग चुनाव लड्दैछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार