नेभिगेशन
समाचार

प्रधानमन्त्री नरेन्द्र मोदी भगवानको अवतार

एजेन्सी - भारतको उत्तर प्रदेशकी मन्त्री गुलाब देवीले प्रधानमन्त्री नरेन्द्र मोदी भगवानको अवतार भएको बताएकी छन् । देशमा अल्पसंख्यक समुदायको प्रधानमन्त्री हुनुपर्ने प्रतिपक्षले माग गरिरहेको छ भन्ने पत्रकारको प्रश्नमा गुलाबदेवीले यस्तो बताएकी हुन् ।

उनले भने, ‘माननीय मोदीजी अवतारको रूपमा हुनुहुन्छ। उहाँ असाधारण प्रतिभा हुनुहुन्छ। उहाँसँग कसैले प्रतिस्पर्धा सक्दैन। यदि उहाँ चाहनुहुन्छ भने, उहाँ उहाँको जीवन रहुन्जेल प्रधानमन्त्री रहनुहुन्छ। यी अड्कलबाजीले उहाँ प्रधानमन्त्री पदबाट हट्नु हुन्न र अरु कोही आउनेवाला छैन ।’

‘अड्कलबाजीबाट के हुन्छ र ? उहाँ यस्तो असाधारण व्यक्तित्व हुनुहुन्छ, म उहाँ अवतार हो भन्न चाहन्छु। भगवानले उहाँलाई यहाँ आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभएको छ। उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, उहाँ प्राप्त गर्नुहुन्छ.. यो सब के हो। हेर्नुस् उहाँबाट निस्कने शब्दहरु, पूरै भारतले त्यो कुरा मान्छ। योभन्दा ठूलो मान्यता के होला ?’

उत्तर प्रदेश सरकारको माध्यमिक शिक्षा मन्त्री रहेकी गुलाब देवीले स्वतन्त्र प्रभारको जिम्मेवारी सम्हालेका छन्। २०२२ को विधानसभा चुनावमा गुलाबदेवी चन्दौसी विधानसभाबाट चौथो पटक निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार