बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधवार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ । बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक–एक गोल गरे । जितसँगै बायर्न ५ खेलमा १५ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो । समूह सी’ को बाट इन्टर मिलान अन्तिम १६ मा प्रवेश गर्‍यो ।बार्सिलोना ४ अङ्क जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्