ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ- बागमती प्रदेशले यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले टोलीमा थप चार जना खेलाडीलाई वैकल्पिक सुचीमा राखेका छन् । टियु मैदान कीर्तिपुर र मुलपानीमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । कीर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन मुलपानीमा मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमतीको टोली ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), रित गौतम, विवेक रानामगर, दुर्गेश थापा, असुतोष घिरैया, इशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिस जिसी, रिजन ढकाल, सूर्य तामाङ, तिलक राजभण्डारी र सोनु देवकोटा । वैकल्पिक खेलाडी गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामासिस महतो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्