कोसेली कपको उपाधि नव जनप्रगति युवा क्लबलाई

बुधबार, मंसिर ७, २०७९
बारा— बाराको सिमरामा सञ्चालन भएको दोस्रो कोसेली कपको उपाधि सिमराको नव जनप्रगति युवा क्लबले उचालेको छ । त्रिशूल युवा क्लब बकुलियालाई फाइनल खेलमा स्तब्ध पार्दै नव जनप्रगतिले खेलको उपाधि उचालेको हो । नव जनप्रगति युवा क्लब सिमराले त्रिशूल युवा क्लब बकुलियालाई ३–१ गोलको अन्तरले पराजित गरेको हो । खेलको उपाधि जितेको नव जनप्रगति युवा क्लब सिमराले ३० हजार र दोस्रो हुने त्रिशूल युवा क्लब बकुलियाले २० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्