नेभिगेशन
समाचार

गठबन्धनको सरकार बनेपछि पाँच वर्ष खेर जान दिँदैनौं–गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र पाँच वर्ष खेर जान नदिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाई थियो । उनले भने– ‘गएको पाँच वर्ष खेर गयो । अवको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरुलाई भनेको छु–पाँच वर्ष पनि होइन । गठबन्धन त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सातवटै प्रदेशमा पनि जित्यो । । सातवटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो । संघमा पनि हाम्रो सरकार बन्ने हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार