नेभिगेशन
समाचार

एमालेबाट सुनसरी–३ का उम्मेदवार भगवती चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले एमालेबाट सुनसरी ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ । इटहरी उपमहानगरपालिका–१४ मा कार्यकर्ता भेटघाटका क्रममा ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’ भन्ने विषयको समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा ९१० को खण्ड ९फ० मा ‘उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने’ व्यवस्था छ । निर्वाचन आचारसंहिता लागू भइसकेको विषयको सन्दर्भमा निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सुनसरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार