नेभिगेशन
समाचार

१५ वर्षपछि जनतामा नैराश्यता आउनु राजनीतिक नेतृत्वको दोष होः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन् । हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताएका हुन् । अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले जनताका एजेन्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताए । उनले ठूला परिवर्तन भएको १०÷१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु बिस्तारै कमजोर हुँदै जाने खतरा देखा पर्दै आएको उल्लेख गरे । अध्यक्ष दाहालले अहिले पनि एकथरी मानिसहरु राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको भन्दै उनीहरु देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताए । उनले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशासनको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गरे । उनले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएपनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार