नेभिगेशन
समाचार

संविधानलाई धुजा धुजा पार्ने ओली प्रवृत्ती समाप्त पार्नुपर्छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविद्यानलाई धुजा धुजा पार्ने ओली प्रवृत्ती समाप्त पार्नुपर्ने बताएका छन् । उनले गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, कानुन समेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहो¥याउँदै त्यसलाई कायमै राखेर अघि बढ्नुपर्ने समेत नेपालको भनाई थियो । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गरे । ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालको गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने जिकिर समेत गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार