टी–२० विश्वकपः दरल्याण्ड्सविरुद्ध बंगलादेशको रोमाञ्चक जित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सोमबार भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्ड्समाथि ९ रनकोे रोमाञ्चक जित हात पारेको छ । बंगलादेशले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि कोलिन अक्रमानले सर्वाधिक ६२ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । शीर्ष क्रमका ब्याटरलाई सस्तैमा गुमाएको नेदरल्याण्ड्सले १५ रनमा ४ विकेट गुमाइसकेको थियो । यस्तो स्थितिमा चाथो नम्बरका कोलिनले नेदरल्याण्ड्सको इनिङ्स उकासेका थिए । पल भान मिक्ररेनले २४ रन र स्कट इड्र्वाडले १६ रन बनाए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२६
प्रतिक्रिया दिनुहोस्