नेभिगेशन
समाचार

कहिले सार्वजनिक गर्छ कांग्रेसले घोषणा पत्र ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाएको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन् ।

आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो । त्यसपछि आज बिहान १०ः३० बजे सार्वजनिक भनियो । तर, आज पनि नहुने भएपछि अनिश्चित बनेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार