नेभिगेशन
समाचार

कञ्चनपुर–२ मा सत्ता गठबन्धनद्वारा सम्पर्क कार्यालय स्थापना

कञ्चनपुर-सत्ता गठबन्धनले कञ्चनपुर क्षेत्र नम्बर २ मा पर्ने वडाहरुमा एकसाथ सम्पर्क कार्यालयहरु स्थापना गरेको छ । क्षेत्र नम्बर २ मा कृष्णपुर, शुक्लाफाँटा नगरपालिकाका सबै र वेदकोट नगरपालिकाका ८ बाहेकका वडाहरु पर्दछन् । कृष्णपुरमा ९, शुक्लाफाँटामा १२ र वेदकोटमा १० वडाहरु रहेका छन् । सम्पर्क कार्यालय स्थापनाका क्रममा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार एकपी साउदले कृष्णपुरको वडा नम्बर ६ को सम्पर्क कार्यालय बलुवाफाँटामा उद्घाटन गरेका छन् । यस्तै कांग्रेसका तर्फबाट प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार गीता चौधरीले शुक्लाफाँटाको वडा नम्बर ३ को सम्पर्क कार्यालय जोनापुरमा उद्घाटन गरेकी छन् । सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ नेता साउद र प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार