नेभिगेशन
समाचार

कांग्रेसको सङ्कल्प पत्र आज सार्वजनिक नहुने

काठमाडौँ-नेपाली कांग्रेसको सङ्कल्प पत्र सोमबार सार्वजनिक नहुने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको जानकारी दिएका छन् । यस अगाडि कांग्रेसले आइतबार साँझ सार्वजनिक गर्ने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को संकल्प पत्र सभापति शेरबहादुर देउवाले नभ्याएपछि सोमबार सार्वजनिक गर्ने कार्यतालिका बनाइएको थियो । जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन — २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार