नेभिगेशन
समाचार

दलको विकल्प भन्दा आफैमा बढी दम्भ, कमजोर बन्दै स्वतन्त्रहरू

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको जबरजस्त उदयले हौसिएर धेरैले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिक दल प्रति रुष्ट बनेका जनताले गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई राम्रै मत दिएका थिए । काठमाडौँ, धरान र धनगढी लगायतका ठुला सहरमा जनताले लामो विरासत बोकेका ठुला पार्टीका हेविवेयटका नेताहरूलाई मत नदिएर स्वतन्त्र उम्मेदवारलाई लोभलाग्दो मत दिएका थिए । त्यसैलाई आधार मानेर अहिले उम्मेदवारी दर्ता भएका मध्य एक तिहाइ भन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा तर्फ दुई हजार चार सय १२ जनाले उम्मेदवारी दर्ता भएकोमा आठ सय ६७ जनाले मात्रै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा तर्फ तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक हजार दुई सय ७८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रको होड अहिले सम्म यस्तो बनेको छ कि निर्वाचनको सङ्घारमा सरकारी कर्मचारीले जागिर छोडेर निर्वाचनको तयारी गरेका छन्, विभिन्न पेसा व्यवसायमा आबद्धहरूले समेत पेसा छोडेर चुनावको चटारोमा होमिएका छन्, उच्च शिक्षा हासिल गर्न विदेश गएकाहरू नेपाल फर्किएर उम्मेदवारी दिएका छन्, पार्टीमा लागेकाहरूले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यति मात्रै होइन, पार्टीले टिकट नदिए पछि पार्टी भित्र विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनेको पनि कमी छैन  । नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्याग गर्दै रुपन्देही क्षेत्र नं १ बाट सत्ता गठबन्धनको सहयोगमा घनश्याम भुसाल चुनावी मैदानमा छन् । काँग्रेसले टिकट नदिए पछि अमरेशकुमार सिंहले पनि सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेको टिकट बाट काठमडौँ क्षेत्र नं सात बाट दुई पटक सम्म प्रत्यक्ष निर्वाचित सांसद बनेर सहरी विकास राज्य मन्त्री समेत बनेका रामवीर मानन्धरले यो मुलुकमा अब स्वतन्त्रहरूले नेतृत्व गर्ने दाबी गर्दे यती बेला स्वतन्त्रबाट निर्वाचन जित्ने रेसमा  छन् । मानन्धरले आफू अन्य उम्मेदवार भन्दा स्वच्छ छवि भएको भन्दै पार्टीले आफूलाई टिकट नदिए पनि जनताले स्वतन्त्रकै रूपमा पनि जिताउने दाबी गरेका छन् । उनले भने, मैले ती वर्ष पार्टीमा योगदान गरे, दुई पटक वडा अध्यक्ष हुँदा, दुई पटक सांसद हुँदा, र मन्त्री हुँदा पनि कुनै नराम्रो काम गरिन । सधैँ जनता र पार्टीको लागि मात्रै काम गरे । तर अहिले टिकट वितरण गर्ने बेला पार्टीले मलाई एक पटक नसोधी अरूलाई नै टिकट दियो । के मेरो कोही पनि नभएको हो र रु म सँग मेरो परिवार छ, मेरो समाज छ, समुदाय छ, मेरा जनता छन्, मैले यही ठाउँका लागि यती धेरै विकास निमार्णका काम गरेको छु, भोलि पनि गर्छु , त्यसैले उम्मेदवारी दिए ।” उनले “ यहाँ म्यानेजरहरूको मात्रै उत्पत्ति भएको छ लिडरहरूको उत्पत्ति भएको छैन । हेर्नु होला अब स्वतन्त्र बाटै भए पनि लिडरको उत्पत्ति हुन्छ । ” [caption id="attachment_167281" align="alignnone" width="720"] रामवीर मानन्धर, स्वतन्त्र उम्मेदवार काठमाडौँ क्षेत्र नं ७[/caption] मूलधारका राजनीतिक दलहरूले भने संविधानले बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष परिकल्पना गरेको भन्दै स्वतन्त्र एक दुई जनाले केही पनि गर्ने नसक्ने बताएका छन् । सरकार गठन गरेर मात्रै आफ्ना नीति योजना कार्यान्वयन गर्न सकिने बताएका उनीहरूले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेद्वारको खासै औचित्य नहुने ठुला दलको धारणा छ । लामो समय आफूहरूले राजनीतिक आन्दोलन गरिदिएकै कारण यति बेला स्वतन्त्र उम्मेदवारको होड चलेको उनीहरूको धारणा छ । “ हामीले संविधान जारी गरेको, हामीले संविधानको भावना र मर्म अनुसार सबैले अधिकार उपभोग गर्न पाउनु पर्छ । त्यसैले बहुदलमा आधारित स्टिम छ नि त । यो त, हरेक पाँच वर्षमा हुने आवधिक निर्वाचन हो । यसमा स्वतन्त्रै भए पनि आफ्ना विचारधारा राखेर निर्वाचन आउन पाउँछ, नयाँ दल खोलेर आउन पनि पाउँछ, अब जजमेण्ट भनेको त जनताले गर्ने हो । त्यसैले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई हामीले स्वागत गर्नु पर्छ । ” [caption id="attachment_167280" align="alignnone" width="720"] प्रकाशमान सिंह, नेता, नेपाली काँग्रेस [/caption] लोकतन्त्रमा संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने सबै नागरिकको हक हुन्छ । तर पुराना राजनीतिक दलको विकल्पमा नयाँ दल  गठन गरेर आएका हुन अथवा स्वतन्त्र रूपले उम्मेदवारी दिएका हुन रु उनीहरू पनि एक छैनन् । पुराना दलको विकल्पमा एक भएर लाग्ने हो भने उनीहरूलाई जनताले राम्रै मत दिने स्पष्ट आधारहरू स्थानीय तहको निर्वाचन बाट पनि देखिएको छ । तर यती बेला स्वतन्त्र उम्मेदवारको लहड हेर्दा उनीहरू साच्चिकै देश रुपान्त्रण गर्न भन्दा पनि चर्चा कमाउन आएको भन्दै आलोचना समेत हुने गरेको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको जबरजस्त उदयले हौसिएर धेरैले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर स्वतन्त्र उम्मेदवारको आपसी लडाइँले आगामी निर्वाचनमा वैकल्पिक अनुहार कमजोर हुने धेरैको अनुमान छ । देशलाई दोहन गर्नु पर्छ भनेर विदेशी गुलामी गरेर बाँचेकाहरू विदेशीको पाउ पूजा गरेर सत्तामा टिकिराखेको, विदेशीसङ हात थापेर निर्वाचनमा पैसा ल्याएर खर्च गर्ने, र विदेशका हनुमान भएर बसिराख्ने, व्यक्तिहरू यो देशमा संगठित छन् । त्यसैले आपराधिक मानसिकता भएका मानिस संगठित भएको ठाउँमा असल मानसिकता भएको व्यक्तिहरू असंगठित भइरहने हो भने, यो युद्ध जितिँदैन । यदि उहाँहरू एकै ठाउँमा नबसेर छुट्टा छुटै हिँड्नु हुन्छ भने, पुराना दलका नेता बाट पनि कहीँ भएन, यिनीहरूबाट पनि केही हुँदैन । [caption id="attachment_167279" align="alignnone" width="674"] डा.राजेश अहिराज, राजनीतिक विश्लेषक[/caption] स्थानीय तहमा स्वतन्त्र व्यक्तिहरूमा देखिएको आकर्षणलाई आधार बनाएर धेरैले अहिले उम्मेदवारी दिएका छन् । यद्यपि राजनीतिक एजेन्डाबिना आम मतदाताले स्वतन्त्र भनेकै भरमा उनीहरूलाई मतदान गर्छन् भन्न सकिने अवस्था समेत छैन । त्यसैले अहिले नै यस्तो होला भनेर अनुमान गर्न नसकिए पनि स्वतन्त्र उम्मेदवारहरू बिच देखिएको मतभेदले आगामी निर्वाचनमा मुख्य  राजनीतिक दलहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि राजनीतिक दलहरूसँग रुष्ट भएका मतदाताले अप्रत्याशित नतिजा नदेलान् भन्न पनि सकिँदैन । त्यसैले आगामी निर्वाचनमा कसले बाजी मार्छ त्यो भने मङ्सिर ४ पछि नै थाहा हुनेछ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार