आगामी चुनाव देशको भाग्यको फैसला गर्ने अवसरः इश्वर पोखरेल

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी चुनाव मात्र देशको भाग्यको फैसला गर्ने अवसर भएको बताएका छन। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एक कार्यक्रममा उनले मुलुक निर्माणको जिम्मेवारी सम्हाल्ने जनप्रतिनिधि निर्वाचनबाट आउने भएकाले निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताए । नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने भन्दै उनले खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दावी गरे । कीर्तिपुर रंगशालाको स्तरोन्नती, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवातलगायतका काम एमाले सरकारले नै गरेको उनले बताए । प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरण पनि एमालेले नै थालेको उनको भनाइ छ । पोखरेलले खेलाडी बीमा कार्यक्रमको सुरुवात एमालेले गरेको दावी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए । पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्