मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा छः बिष्णु पौडेल

बिहीबार, मंसिर १, २०७९
बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटबाट गुज्रिएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको भेलामा बोल्दै पौडेलले नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट यो सरकारका पालामा देखिएको दाबी गरे । वर्तमान सरकारको अक्षमता र अकर्मण्यताका कारण मुलुक अनिर्णयको बन्दी भएको उनको भनाई थियो । उनले सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएकाले नीजि क्षेत्र पलायन हुने तथा श्रमिकहरु रोजगारीबाट पलायन हुने अवस्थामा आइपुगेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्