आउँदो चुनावमा आफ्ना उम्मेदवारको अत्प्रयाशित नजिता आउँछ–लिङ्देन

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो मंसिर ४ मा हुने चुनावमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् । शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने दाबी गरे । उनले राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने बताए । यसपटको निर्वाचनले तीन दशक देखिको सीमित राजनीतिक दलहरूको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको उनले बताए । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुने गरी मतदान गर्न उनले आग्रह समेत गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्